कांग्रेसभित्र खैलाबैला : संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित


 


काठमाडौं, असाेज ११
आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन् ।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ ।

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्