‘सरकारले संविधान उल्लंघन गर्‍यो, राष्ट्रपतिले ‘मौनता’बाट जवाफ दिनुभयो’


 


काठमाडौं, असाेज ५
सरकारले नै संविधान उल्लंघनगरी नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाएको राष्ट्रपति कार्यालयले दाबी गरेको छ। संसद् र सरकारले संविविधानको विधि पूरा नगरेरै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको कार्यालयको दाबी छ ।

राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकाल संसद् र सरकारबाट भएको संविधान उल्लंघनलाई राष्ट्रपतिको ‘मौनता’बाटै जवाफ मिलेको बताउँछन् । ‘नागरिकता विधेयकमा संविधान उल्लंघन गरी सरकार र संसद्ले प्रमाणीकरण गर्न पठाएको थियो’ उनले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगरी मौनताबाट यसको जवाफ दिनुभएको छ ।’

उनी प्रधानमन्त्रीबाट संविधानको धारा ८१ पालना नहुँदा संविधानको उल्लंघन भएको दाबी गर्छन् । संविधानको धारा ८१ मा संघीय संसद्मा पेश गरिने विधेयकबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । उनी भन्छन्, ‘यो व्यवस्था पालना भएको छैन र राष्ट्रपतिबाट पुनर्विचार गर्न पठाएको बुँदाको पनि ख्याल गरिएको छैन ।’

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्