बालेनसहित २०८ प्रमुख तथा उपप्रमुखलाई साढे ७ लाख जरिवाना


 


काठमाडौं, असाेज ४
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले महानगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई साढे ७ लाखका दरले जरिवाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आयोगले जरिवाना रकमसमेत उल्लेख गरेर नाम सार्वजनिक गरेको हो । जसमा महानगरपालिकाका दुई सय ८ जना छन् । उनीहरूलाई जनही सात लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल, विराटनगरका मेयर नागेश कोइरला तथा उपमेयर शिल्पा कार्की, भरतपुर महागनरकी मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विरगंजका राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्यले विवरण नबुझाएको आयोगले जनाएको छ।

निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य तथा पोखरा उपमहानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचित जनप्रतिनिधिले ६ महिना भित्र तोकिएको जरिवाना तिरिसक्नुपर्ने छ । सो अवधीमा जरिवाना नतिरे स्वतः पद जाने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्