सर्वोच्च फर्कने तयारी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र, गेटबाटै फर्काउने बारको चेतावनी


 


काठमाडौं, असाेज २
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज अदालत फर्कने तयारी गरेका छन् ।

उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् ।

कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले बतायो । ‘म आउँछु, तयारी बढाउनु’ चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भनेका थिए। आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने बताएका छन् ।

उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ। जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले गेटबाटै फर्काउने चेतावनी दिएको छ ।

फागुन २२ मा महाभियोग सिफारिस समितिका ११ सदस्यमध्ये प्रतिवेदन पारित गर्न दुईतिहाइ पुगेन । सत्ताधारी ६ सांसद महाअभियोगमा पक्षमा उभिएका छन् भने एमाले र लोसपाका गरी ५ सांसदले प्रतिवेदनउपर फरक मत राख्दै असहमति जनाएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्