चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदे‍श फिर्ता, सभामुख सापकोटाले गरे विदाइ


 


काठमाडौ, भाद्र ३०
चारदिने नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । सोमबार सभामुख अग्नी सापकोटाको निमन्त्रणमा लिको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली बिहीबार स्वदेश फिर्ता भएको हो ।

उनलाई सभामुख सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

सोमबार काठमाडौं अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणका रहेका उनले बुधबार विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । ली नेतृत्वको चिनियाँ भ्रमण टोली विशेष विमानबाट बेइजिङ हुँदै दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्