चोलेन्द्रको बयान आज सक्ने समितिको तयारी, ८ प्रश्नको जवाफ बाँकी !


 


काठमाडौं, भाद्र २८
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ । सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ।

जबराविरुद्ध ४३ वटा उजुरी परेका छन् । ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ । जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बनमा छन्।

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्