दाङ २ बाट महरासहित तीन जनाको नाम सिफारिस


 


दाङ, भाद्र १२
नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका हुन् भने शर्मा समानुपातिक सांसद हुन् । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए ।

यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्