पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस
काठमाडौं, भाद्र २४
नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।
काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनको सिफारिस भएको हो ।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए ।
प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार