काम चलाउ सरकारको सांसद पोस्ने विधेयक


 


काठमाडौं, भाद्र २०
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ ।

प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था परामर्श समिति बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पास गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा लगायत दलहरुको विरोधका बाबजुत सरकारले विधेयक अघि बढाएको हो । उक्त विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता भएको थियो । विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ ।

यो राष्ट्रहितमा नभएको सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरुले नै बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो विधेयक ल्याउन नहुने बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्