महाअभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला चोलेन्द्रको बयान ?


 


काठमाडौँ, भाद्र १९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरूको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ बजे पुन: बयान हुने जानकारी दिइएको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ । तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्