पूर्वमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्न प्रतिनिधिसभा छोडेर प्रदेशसभामा सिफारिस


 


काठमाडौं, भाद्र १९
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ‘हेभिवेट’ नेताले पनि मुख्यमन्त्रीको बन्ने आसमा प्रदेशसभा रोजेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने इच्छाका साथ एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रदेशसभा रोजेका हुन् ।

उनले आगामी निर्वाचनमा प्रदेशसभाबाट चुनाव लड्ने आंकाक्षा देखिएका छन् । प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् । हाल जापान भ्रमणमा रहेका अधिकारी नाम कार्यकर्ताहरुले प्रदेश सभामा टिपाएका हुन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक पुष्पराज सुवेदीले जानकारी दिए।

उनीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस भएको छ। अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ। अधिकारी अहिले संघीय सांसद छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्