निलम्बित प्रधानन्यायाधीश जबराले भने– अर्थ न बर्थका प्रश्न नसोध्नुस्


 


काठमाडौं, भाद्र १७
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् ।

उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका छन् । समितिको बैठकमा दोस्रो दिन बिहीबार पनि बयान दिन उपस्थित जबरालाई ५ र ६ नम्बरका प्रश्न सोधिएको थियो । उनले बुधबार १ देखि ४ नम्बरसम्मका प्रश्नको जबाफ दिएका थिए ।

प्रश्न नम्बर ५ को उत्तर दिँदा जबराले ‘अर्थ न बर्थ’ भन्दै आफूमाथि लगाइएका आरोप निराधार भएका टिप्पणी गरे । संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको भनी सोेधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यो प्रश्न अलि भेग छ, यो कुरा बुझ्ने अवस्था छैन। कोभिडसम्बन्धी रिट दर्ता गर्ने व्यवस्था गराएकाले यो भन्न खोजिएको हो रु सोही अनुरूपको कर्तव्य पालना गर्न पूर्ण विफल भएको भन्न खोजिएको हो ?’ नागरिक दैनिकबाट

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्