देश आर्थिक रुपले टाट पल्टन लाग्यो, सबैले श्रम गरौं : मेयर साम्पाङ


 


काठमाडौं, भाद्र १७
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आर्थिक रुपमा टाट पल्टन लागेको बताएका छन् ।

उनले समाजिक सञ्जालमार्फत देश आर्थिक रुपले टाँट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न आह्वान गरेका हुन् ।

‘पूँजीगत भन्दा चालु तिर खर्च बढेको छ उनले भने, त्यसैलाई घटाउन र देशलाई बचाउन अब सबैले श्रम गरौँ !’ साम्पाङले आफ्नो कुरा बुझ्न केही समय लाग्ने भएपनि पछि पछुतो नहुने दाबी गरेका छन् ।

उनले लेखेका छन् ‘देश आर्थिक रुपले टाट पल्टन लागेको देख्दैछु१ पुँजीगत भन्दा चालुतिर खर्च बढेको छ,’ मेयर साम्पाङले भनेका छन्, ‘त्यसैलाई घटाउन र देशलाई बचाउन अब सबैले श्रम गरौं। मेरो कुरा बुझ्न समय लाग्छ तर पछि पछुतो हुनेनैछ !’

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्