जबरासँग आज थप बयान लिँदै महाअभियोग सिफारिस समिति


 


काठमाडौं, भाद्र १६
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयानका लिँदैछ ।

बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो । जवाफ दिनेक्रम नसकिएपछि आज बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए। उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसद्को गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको जवाफ दिएका थिए ।

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरेर जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो। उनीविरुद्ध गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्