आज भदौ ८ गते बुधवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ भदौ ८ गते बुधवारको राशिफल ।

मेष

कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन

आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

सिंह

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।

तुला

आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

धनु

आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

कुम्भ

आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पितृ देवको आशीर्वाद पनि मिल्नेछ ।

बृष

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।

कर्कट

आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ ।

कन्या

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

बृश्चिक

मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मकर

रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मीन

आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्