देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा


 


काठमाडाैँ, भाद्र ५
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका हुन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्