साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन


 


एजेन्सी, भाद्र ५
पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ। विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाएको देख्न सकिन्छ । प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्