संघीय र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस


 


काठमाडौं, साउन ३१
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस दल दर्ता गर्ने भएको छ ।

मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो । कांग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

पौडेलको साथमा कांग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि कांग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्