इगोका कारण सत्तागठबन्धन अप्ठ्यारोमा


 


काठमाडौं, साउन २६
पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाएका थिए । तर, तिनै पार्टीका नेताहरुका अनुसार आगामी चुनावमै वाम समाजवादी मोर्चाको संभावना क्षीण भएको छ । नेताहरु अब छुट्टाछुट्टै दलकै रुपमा रहेर गठबन्धनमार्फत चुनाव लड्ने तयारीमा जुटेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रष्टै भन्छन्, ‘आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन ।’ अहिले भैरहेको पाँच दलीय गठबन्धन भन्दा भित्र या बाहिर अर्को गठबन्धन नबन्ने उनको भनाइ रहेको छ ।

पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाए । तर, सबै दलहरुलाई आफ्नो पार्टीले चुनाव चिन्ह जोगाउन खोजे । कुरा नमिल्दा छुट्टाछुट्टै दलका रुपमा रहेरै गठबन्धनमार्फत चुनाव लड्ने तयारीमा जुटेका छन् ।

प्रेस सेन्टर नेपाल मकवानपुरले बुधबार हेटौंडामा मन्त्री पौडेलसँग पत्रकार भेटघाट कार्यक्रम राखेको थियो । जसलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्मको संघर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि यो गठबन्धन बनेको हुँदा आउँदो चुनावसम्म यो गठबन्धनबाट दायाँबायाँ भइदँैन ।’

गठबन्धन्धमा रहेको र वाम समाजवादी मोर्चाको बहसमा केन्द्रीत भएको एकीकृत नेकपा समाजवादीले त एक्लै घोषणापत्र निर्माण जुटेको छ । घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी नै दिइएको छ । संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन । अहिलेसम्मको संघर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि बनेको गठबन्धनबाट दायाँबायाँ भइँदैन ।
देवेन्द्र पौडेल
स्थायी समिति सदस्य, माओवादी केन्द्र

महासचिव बेदुराम भूसालका अनुसार उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव त यार पार्ने जिम्मेवारी उनैलाई दिइएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले पाएका छन् । निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागले पाएको छ । महासचिव बेदुराम भूसाल भन्छन, ‘गठबन्धनमा रहेर चुनाव लड्ने कुरामा दायाँवायाँ हुँदैन । त्यसै अनुसार पार्टी सम्पुर्ण रुपले आन्तरिक तयारीमा जुटेको छ । आवश्यक संरचनाहरु बनेका छन् ।

गठबन्धनमा रहेर चुनाव लड्ने कुरामा दायाँवायाँ हुँदैन । त्यसै अनुसार हाम्रो पार्टी सम्पुर्ण रुपले आन्तरिक तयारीमा जुटेको छ । आवश्यक संरचनाहरु बनेका छन् ।
बेदुराम भूसाल
महासचिव, नेकपा एकीकृत समाजवादी

पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनाव अगाडि समेत छलफल चलेको थियो । आसन्न प्रदेश र संघीय चुनावका सन्दर्भमा पनि यो विषयमा छलफल चलाए । तर, सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्ह जोगाउनुपर्ने जस्ता विषयमा अडिग रहे । कुरा नमिल्दा छुट्टाछुट्टै दलका रुपमा रहेर गठबन्धनमार्फत चुनाव लड्ने तयारीमा जुटेका हुन् ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्