अाफ्नै पूर्व लडाकुबाट पार्टी कार्यालय घेराउ, प्रचण्ड थर्कमान


 


काठमाडाैं, कार्तिक २२

माअाेवादीका पूर्व लडाकुहरूले पार्टी केन्द्रिय कार्यालय घेराउ गरेका छन् । पुष्पकमल दाहाल नेतृत्वको मुख्यालय पेरिसडाँडालाई बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका हुन् । राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

यसरी पेरिसडाँडा घेराबन्दी गरिएको यो दोस्रो पटक हो। पेरिसडाँडाघेराउ कार्यक्रमका लागि देशभरीवाट पूर्व लडाकुहरु काठमाडौं आएका छन्। बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष लेनिन बिष्टका अनुसार आफनो माग पूरा नभएसम्म घेराबन्दी कार्यक्रम जारी रहनेछ।

आफनै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको अवसरमा यो घेराबन्दी सुरु गरेर न्याय माग्न काठमाडौं आएका हौं,’ बिष्टले भने, ‘जबसम्म राष्ट्रिय /अन्तर्राष्ट्र्रिय कानुन अनुसार न्याय पाउँदैनौं, तबसम्म मुख्यालय घेराउ जारी राख्ने छौं।’ उनका अन्ुसार सोमबारबाट सुरु भएको घेराउ कार्यक्रम अनिश्चितकालसम्म जानेछ।

उमेर नपुगेको, अपांग भएको भन्दै पहिलो चरणमा लडाकु शिविरबाट बिना क्षतिपूर्ति निकालिएका माओवादी लडाकुहरुको उक्त समूहले तीन वर्ष अघि यसैगरी घेराउ गरेको थियो। माओवादी नेताहरुलाईसमेत कार्यालयमा पस्न नदिएपछि माओवादीको केन्द्रीय समिति बैठक दरवारमार्गस्थित रोयल सिंगे होटलमा बस्नु परेको थियो।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्