मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुनसक्ने


 


काठमाडौं, साउन १६
मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्