माधव नेपाल भन्छन् – नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो


 


डोटी, साउन १५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपाले यस्तो बताएका हुन् ।

गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको नेपालले बताए । अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ ।

नेपालले भने, ‘ स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’ उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए ।

नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताए । आफूहरूले सच्चा कम्युनिष्ट पार्टी वनाउन खोजेको नेपालको दाबी छ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्