अर्को साता आईसीसीको टोली नेपाल आउने


 


काठमाडाैं, कार्तिक २२

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली अर्को साता नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानको विधान मस्यौदाका लागि बनाएको सल्लाहकार समितिको कार्यविभिमा नेपाल सरकारले असन्तुष्टि जनाएपछि आईसीसीको टोली कात्तिक २८ गते काठमाडौं आउन लागेको हो ।

आईसीसीको टोलीमा अमर शेख पनि रहनेछन, जसलाई आईसीसीले नेपाल सल्लाहकार समितिको नेतृत्व गर्ने जिम्मा दिएको छ ।आईसीसीको टोलीसँग एसियाली त्रिकेट काउन्सिलका प्रतिनिधि पनि आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

आईसीसीको टोलीले सल्लाहकार समितिका सदस्यहरुसँग समितिको कार्यविधिबारे छलफल गर्नेछ । सल्लाहकार समितिका नेपाली सदस्यहरुले आईसीसीले दिएको कार्यविधिप्रति असन्तुष्टि जनाएका छन् भने युवा तथा खेलकुद मन्त्रालयले पत्र नै पठाएको थियो ।

मन्त्रालयले सल्लाहकार समितिको नेतृत्व नेपालले गर्नु पर्ने र नयाँ निर्वाचन गरेर नयाँ क्यान नबन्दासम्म नेपाली क्रिकेटको सम्पूर्ण गतिविधि यो समितिबाट गर्नु पर्ने माग गरेको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्