चीनको चेतावनी : अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने छ


 


एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ ।

जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ । चीनले यदि पेलोसीले ताइवान भ्रमण गरेमा त्यसको ‘गम्भीर परिणामरहरू’ आउने चेतावनी दिएको छ ।

यदि भ्रमण कार्यान्वयन भएमा राष्ट्रपतिपछिको दोस्रो वरीयतामा पर्ने पेलोसी सन् १९९७ पछि टापु राष्ट्र ताइवानको भ्रमण गर्ने अमेरिकाको शीर्ष राजनीतिक व्यक्तित्व हुनेछिन् । चीनले स्वायत्त शासित ताइवानलाई आफ्नो भूमिबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै त्यसलाई चिनियाँ मुख्य भूमिमा गाभिनुपर्ने बताउँदै आएको छ ।

ताइवानलाई चीनमा गाभ्न आवश्यक परेमा फौजसमेत प्रयोग हुन सक्ने चीनको भनाइ छ । बाइडेन प्रशासनलेसमेत क्यालिफोर्नियाका डेमोक्रेट पेलोसीको ताइवान भ्रमण रोक्ने प्रयास गरेको बुझिएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्