क्यानडामा गोली चल्याे, तीन जनाको मृत्यु


 


एजेन्सी, साउन १०
क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् ।

‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने। बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए।

पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्