आज साउन १० गते मंगलवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साउन १० गते मंगलवारको राशिफल ।

मेष

विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ ।

मिथुन

बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

सिंह

आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

तुला

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला । मित्रको सहयोगबाट मिल्नेछ, तर पारिवारिक समस्या र आर्थिक पक्ष राम्रो छैन ।

कुम्भ

आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

बृष

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट

आज खानपिनका कारण पेटमा समस्या बढ्नसक्ने सम्भावना छ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला ।

कन्या

रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।

बृश्चिक

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

मकर

आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन

कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्