बाबुराम भट्टराई पक्षको दलको नाम ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिन्ह ‘आँखा’


 


काठमाडौं, साउन ९
जनता समाजवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ ।

नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको हो ।

हिसिला यमीका अनुसार ‘पार्टीको नाम टुंगो लागिसकेको र निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ ।

कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ । उनले पार्टीको विधानलाई अन्तिम रुप दिने काम भइरहेको जनाइन् । अध्यक्षबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्