नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मू आज शपथ लिँदै


 


एजेन्सी, साउन ९
नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन् ।

भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् ।

भारतीय गृह मन्त्रालयका अनुसार शपथ ग्रहरणको कारेक्रम बिहान सवा १० बजे संसदको केन्द्रीय हलमा हुने छ। सीजेआई एनवी रमणाले उनलाई शपथ दिलाउने छन्।

यसपछि उनलाई २१ तोपको सलामी दिइने छ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्