भारतमा २१ हजार बढी कोभिड सङ्क्रमित थपिए


 


नयाँदिल्ली, साउन ५
भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

हाल भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोभिड सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ ।

कोभिड महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोभिड परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोभिड भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोभिडविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ ।

यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्