पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन, चुनाव चिह्न गुलाबको फूल


 


काठमाडौं, साउन ४
वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।

चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।

पाण्डेका अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहे पनि उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्