सुडानमा दुई जनजातिबीच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु


 


एजेन्सी, साउन १
सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो ।

हिंसापछि १६ पसलमा आगजनी गरिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको बताइएको छ । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ ।

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्