आज साउन १ गते आइतवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साउन १ गते आइतवारको राशिफल ।

मेष

आज सामाजिक कार्यमा मन जानेछ । आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन

आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

सिंह

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पुँजी बजारको क्षेत्रमा रुचि बढ्ने र लाभ मिल्नेछ ।

धनु

मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा मनमा हर्ष ,उमङ्ग र उत्साह छाउनेछ ।

कुम्भ

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

बृष

आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

कर्कट

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । हर्ष, उमङ्ग र उत्साह रहला ।

बृश्चिक

आज आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । वैदेशिक काम पनि अधुरै रहन सक्छ, तर साँझमा मन खुसी रहनेछ ।

मकर

आज रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन

आज आर्थिक कारोबारमा मन्दी आउनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । मनमा दुबिधा पनि उत्पन्न पनि हुन सक्छ ।

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्