श्रीलंकामा प्रदर्शनका क्रममा विद्यार्थीको मृत्यु


 


एजेनसी, असार ३०
श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो ।

राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक बनेका छन् । तर, प्रदर्शनकारीले विक्रमासिंघेलाई पनि राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्