उपसभामुखकाे चयन हुँदै


 


काठमाडौं, असार ३०
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ताको काम हुँदैछ ।

आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै, १:३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।

उपसभामुखको निर्वाचन भोलि शुक्रबार दिउँसो ३ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची छ।

प्रतिनिधि सभाको तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्