कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, कांग्रेसका मन्त्रीले जवाफ दिँदै


 


काठमाडौं, असार ३०
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सोमबारदेखि शुरू भएको बैठकलाई आजै सक्ने कांग्रेसको तयारी छ । आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज जवाफ दिने भएका छन् ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्