आज असार ३० गते बिहिवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार ३० गते बिहिवारको राशिफल ।

मेष

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

मिथुन

आज आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।

सिंह

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।

तुला

आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन् ।

धनु

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ

आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नसक्छ ।

बृष

दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट

सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

बृश्चिक

विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मकर

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्