जसपा औपचारिक विभाजनतिर उन्मुख, उपेन्द्र पक्षीय बैठक वीरगन्जमा बस्दै


 


काठमाडौं, असार २९
विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक बस्दै छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गर्दा अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टै बैठक आज वीरगञ्जमा सुरु हुन लागेको हो ।

बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबार नै वीरगञ्ज पुगिसकेका छन् भने देशका विभिन्न क्षेत्रबाट नेतारकार्यकर्ता पुग्ने क्रम जारी छ। यता, भट्टाराई पक्षको बैठक बुधबार पनि जारी रहनेछ ।

मधेस क्षेत्रबाटै उदाएको भए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई काठमाडौंमै केन्द्रित गर्दै आएको थियो । दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्