उपेन्द्रमाथि बाबुरामको आरोपै आरोप : कम्युनिस्ट पाखण्डी, कांग्रेस खच्चड भएको विश्लेषण


 


काठमाडौं, असार २९
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

बाबुराम समूहको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बाबुराम र उपेन्द्र समूहबीच विवाद चर्किएको बेला बाबुराम समूहको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । उता बुधबारदेखि वीरगन्जमा उपेन्द्र समूहको बैठक बस्दै छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको दाबी गरेका छन् । संख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबी उनले गरेका छन् ।

तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको भट्टराईको भनाइ छ । जसपा विधानअनुसार पार्टीमा दुई अध्यक्षको व्यवस्था रहेकोमा ठाकुरले छुट्टै पार्टी गठन गरेपछि एक अध्यक्ष पद रिक्त रहेको थियो । राजधानी दैनिकबाट

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्