दक्षिण अफ्रिकामा गोलीकाण्ड : जोहानेसबर्ग बारमा १४ जनाको मृत्यु


 


एजेन्सी, असार २७
दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ ।

प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो । अस्पताल लगिएको ११ जनामध्ये थप २ जनाको मृत्यु भएको थियो ।

घटनास्थलमा भेटिएको गोलीका अवशेषले आक्रमणकारी भीडमै रहेको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए । अहिले प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेर घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्