आज असार २७ गते सोमवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार २७ गते सोमवारको राशिफल ।

मेष

मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्नेछ ।

मिथुन

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह

आज समयमा होस् नपुग्नाले काम रोकिन सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ र आतिथ्यपूर्ण सम्मान पाइएला ।

तुला

मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

कुम्भ

प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृष

शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

कर्कट

आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

कन्या

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

मीन

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्