आज असार २६ गते आइतवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार २६ गते आइतवारको राशिफल ।

मेष

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।

मिथुन

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।

सिंह

दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ ।

तुला

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

धनु

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला साँझमा शुभ समाचार मिल्नेछ ।

कुम्भ

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनोरञ्जन र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

बृष

शुभ समाचार पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

कर्कट

आज आफन्तसँग भेटघाट हुनेछ । बहुप्रतिक्षित काम प्रारम्भ हुने समय छ । पुँजीबजार र शेयर बजारको लगानीले पनि गति लिनेछ ।

कन्या

शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व ज माउन सकिनेछ ।

बृश्चिक

आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मकर

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

मीन

रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्