आज असार २४ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार २४ गते शुक्रवारको राशिफल ।

मेष

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

मिथुन

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि रहला ।

सिंह

धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

तुला

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

धनु

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।

कुम्भ

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारको लगानीले लाभ मिल्नेछ । आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

बृष

विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ ।

बृश्चिक

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मकर

आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

मीन

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्