एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले खेल्ने


 


criकाठमाडाैं, कार्तिक २१

आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो ।
प्रतियोगिता आगामी डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म हुनेछ, जसमा चार टेष्ट राष्ट्र र अन्य आईसीसीका एसोसियट राष्ट्र गरी आठ टोलीको सहभागिता रहनेछ । आठ देशलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिनका आधारमा खेलाइनेछ ।

एक दिवसीय फम्र्याटमा हुने प्रतियोगितामा टेष्ट मान्यता प्राप्त आयोजक श्रीलंका, पाकिस्तान, भारत र बंगलादेश छन् । यस्तै एसोसियट राष्ट्रमा नेपालसहित अफगानिस्तान, सिंगापुर र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

गत जनवरीमा नै एसीसीले तय गरिसकेको एसिया कपमा नेपालको सहभागिता पक्का भए पनि नेपालले तयारी सुरु गरेको छैन । प्रतियोगिता आउन एक महिना बाँकी रहँदा नेपालले खेलाडी छनोटसमेत गरेको छैन ।

प्रकाशित मिति: २१ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्