प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं, असार ३
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको हो ।

बैककमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्रीले नै ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ९पहिलो संशोधन० विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्