आज असार २ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार २ गते बिहिवारको राशिफल ।

मेष
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

मिथुन

धर्मसंस्कृति सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

सिंह

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

तुला

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

धनु

आज कष्टकर र अनवस्यक यात्रा हुन सक्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । पुँजी बजार र शेयर बजारले पनि साथ नदेला ।

कुम्भ

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शेयर बजारको लगानी पनि राम्रै रहला ।

बृष

सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

कर्कट

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कन्या

स्वास्थ्यमा समस्या देखा पर्नसक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर पारिवारिक सहयोग मिल्नेछ ।

बृश्चिक

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मकर

कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्