आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै


 


काठमाडौं, असार १
देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले पाँचौ पटक अर्थात आफ्नो कार्यकालको अन्तिम वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो ।

बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।

सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन् । केन्द्र सरकाले यही जेठ १५ गते आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्