कमल थापाले मागे अर्थमन्त्रीको राजीनामा


 


काठमाडौं, जेठ ३१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।

सोमबार राति ट्विट गर्दै अध्यक्ष थापाले बजेट निर्माण र खासगरी करको दायरा निर्धारणमा गैरजिम्मेवार व्यक्तिलाई सामेल गरेको भन्दै शर्माको राजीनामा मागेका हुन् । थापाले शर्मासँग अब राजीनामाको विकल्प मात्रै रहेको बताए ।

बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको उल्लेख गर्दै अर्थमन्त्रीले राजीनामा तत्काल राजीनामा दिनुपर्ने बातएका हुन् ।

अन्यथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने वा पार्टीले फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्