बजेटमा उठेका प्रश्नको ८ मन्त्रीले दिँदैछन् जवाफ


 


काठमाडौँ, जेठ ३०
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्‍नको जवाफ मन्त्रीहरूले दिँदैछन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेको प्रश्‍नहरूको जवाफ मन्त्रीहरूले आज ११ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा दिने भएका हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्