जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न एमाले सांसद नविना लामाको माग


 


काठमाडौं, जेठ २६
नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् ।

उनले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने समेत बताइन् ।

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताइन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्