तीर्थयात्री सवार बस दुर्घटना : २६ जनाको मृत्यु


 


एजेन्सी, जेठ २३
आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके-०४ १५४१ नम्बरको सडकबाट खाल्डोमा खसेको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरे । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ ।

उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन् ।

पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्